परमिताको ‘दि कर्मा’ सेन्सर पास
काठमाडौं । यही माघ १७ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दि कर्मा’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोडले फिल्मलाई पिजी सर्टिफिकेट दिँदै प्रदर्शनका लागि खुल्ला गरेको हो ।
पिजी सटिफिकेट पछि अब यो फिल्म १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथ हेर्नुपर्नेछ । सेन्सर बोर्डले फिल्मको एक्सन दृश्यलाई ‘ब्लर’ गर्न पनि निर्देशन दिएको निर्माता जय राज रायले बताए । ‘सेन्सरका कर्मचारीले फिल्म मन पराएका छन्’ उनले भने ।
नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण भएको फिल्म ‘दि कर्मा’ देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मको कथा निर्माता जयराज आफैंले लेखेका हुन् । रायसँगै श्रीदेव बिएल र निशा खतिवडा निर्माता रहेको फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा रहेकी छन् ।
फिल्ममा करण वर्मा, निता ढुंगाना, परमिता आरएल राणा, बुद्धि तामाङ्ग, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की