शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव– २०७६ हुने

सोमबार, ०६ माघ २०७६, १७ : ५३
सोमबार, ०६ माघ २०७६

काठमाडौं । प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव २०७६ हुने भएको छ । ‘भिजिट नेपाल २०२०’लाई सहयोग पुर्याउने उदेश्यले महोत्सव आयोजना हुन लागेको हो ।  काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रवद्र्धन गर्ने महोत्सवको अर्काे उदेश्य रहेको आयोजक डिएआर मुभिजले जनाएको छ ।

आउँदो फाल्गुन १६ देखि २० गतेसम्म काठमाडौंको टुँडिखेलमा आयोजना हुने महोत्सवको नारा ‘काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने रहेको महोत्सवको कार्यक्रम संयोजक नमराज ढुंगानाले बताए ।

काठमाडौं आसपासका तत्कालीन ११ जिल्लालाई काँठ क्षेत्रका जिल्ला भनेर चिन्ने गरिन्छ । त्यस भित्र लुकेर रहेका परिचयात्मक, ऐतिहासिक, साँस्कृतिक विधिन्न धरोहर छन् । ती विविधमध्ये एक हो काँठे लोकगीत संगीत । जसमा मेलापात जाँदा घाँसे गीत, सेलो, खैजेडी भजन, झाँक्री, मारुनी, चुट्का, ठट्यौली, ठाडी, झाँकी, धिमेलगायत रहेका छन् । 

बिहान १० देखि साँझ ५ बजेसम्म चल्ने महोत्सव नयाँ तथा पुराना कलाकारको बजोड प्रस्तुति रहने छ । महोत्सवमा व्यवसाय प्रवद्र्धनका लागि १ सय बढी स्टलको व्यवस्था गरिएको छ । महोत्सवमा काँठे लोकदोहोरी प्रतियोगिता पनि आयोजना हुनेछ भने काँठे क्षेत्रको लोकगीत संगीतमा योगदान पु¥याएका श्रष्टालाई विविध सम्मान गरिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप