राष्ट्रियसभा निर्वाचनः राजपाका उम्मेदवारविरुद्ध उजुरी

जनकपुर । प्रदेश २ मा राष्ट्रियसभामा राजपाको तर्फबाट अल्पसंख्यक उम्मेदवार रहेका शेखर प्रसाद सिंहको उम्मेदवारी खारेजीको माग गर्दै नेपाली कांग्रेसले उजुरी दर्ता गराएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालयमा काँग्रेसले उजुरी दिएको हो ।
सोमबार नेपाली कांग्रेसका तर्फबाट अल्पसंख्यक कोटाबाट उम्मेदवारी दिएका भोला पजियारले शेखरप्रसाद सिंहको उम्मेदवारी खारेजी माग गरेका हुन् ।
सरहा जिल्ला अदालतबाट सिंह कुटपिट मुद्दामा दुई वर्ष कैद र जरिवाना सुनाइएका व्यक्ति भएकाले राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन अयोग्य देखिएको पजियारले दावी गरेका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा १३ बमोजिम उजुरी निवेदन दिएको पजियारले बताए ।
अदालतबाट फौजदारी कसुरमा दोषि ठहर भैसकेका व्यक्ति भएकाले तत्काल उनको उम्मेदवारी मनोनयन खारेजीको माग गरिएको छ ।
सर्वोच्च अदालतले पनि शेखरप्रसाद सिंहको हकमा २०५६–०९–०१ गते सप्तरी जिल्ला अदालतले तोकेको दुई वर्ष कैद सजायको फैसलालाई नै सदर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार
-
तीन दिनभित्र शिक्षकका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
लोकतन्त्र दिवस विशेष: गणतन्त्रले नेपालीलाई के दियो ?