शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किशोरी बलात्कार अभियोगमा एक जना पक्राउ

सोमबार, ०६ माघ २०७६, १६ : ५२
सोमबार, ०६ माघ २०७६

बुटवल । पश्चिम नवलपरासीमा १४ बर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनुवल नगरपालिका वडा नम्वर २ का २२ बर्षीय रोहित यादव रहेका छन् । 

 ठुली आमाको घरमा बस्दै आई रहेकी १४ बर्षीया किशोरीलाई माघ ४ गते साँझ उनले बलात्कार गरेको अभियोग छ । 

नवलपरासीका प्रहरी प्रबक्ता डिएसी बिरेन्द्र थापाका अनुसार बाटोमा हिँडिरहेकी ती बालिकालाई नियन्त्रणमा लिएर एकान्त स्थानमा लगि बलात्कार गरेका थिए । 

अभियुक्तविरुद्ध जवरजस्ती करणी उद्योगमा अदालतमा मुद्दा दर्ता भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप