शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छाडा पशु चौपाय व्यवस्थापन गर्न प्रदेश सरकारले ल्यायो कार्यविधि

सोमबार, ०६ माघ २०७६, १६ : ३९
सोमबार, ०६ माघ २०७६

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले छाडा पशुचौपाय व्यवस्थापन गर्न कार्यविधि बनाएको छ ।

प्रदेश सरकारको सोमबार सबेको मन्त्रिपरिषद्को बैठकले सामुदायिक छाडा पशु कल्याण प्रवर्द्धन गर्न गौशाला निर्माण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन कार्यविधि २०७६ स्वीकृत गरेको हो । भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्रालयले तयार गरेको सो कार्यविधि अनुसार प्रदेश सरकारले गौशाला निर्माण गरी छाडा पशु चौपायाको व्यस्थापन गर्ने भएको छ ।

सोही मन्त्रालयले तयार गरेको पशुपंछी मोडेल फार्म स्थापना कार्यक्रम सञ्चालन कार्यविधि २०७६, मिल्क एनालाइजर वितरण कार्यक्रम सञ्चालन कार्यविधि २०७६, कृषि यान्त्रीकरण अनुदान परिचालन कार्यविधि २०७६ समेत मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्ले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन र रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठना आदेश समेत संशोधन गरेको छ । त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रदेश समपुरक अनुदान सम्बन्धि कार्यविधि (दोस्रो संशोधन) लाई पनि मन्त्रीपरिषद् स्वीकृत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप