धरान उपमहानगरपालिकाका पूर्वमेयर राईको निधन
सोमबार, ०६ माघ २०७६, १६ : २०

काठमाडौं । धरान उपमहानगरपालिकाका पूर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ ।
६० वर्षको उमेरमा राईको उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा सोमबार मध्यान्ह निधन भएको हो । पूर्वमेयर राई एक वर्षयता क्यान्सर रोगबाट पीडित थिए ।
राई २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट धरानको मेयरमा निवार्चित भएका थिए ।
उनकै पालामा धरानले विकासको आधार तयार गरेको थियो । उनी २०४६ सालको प्रजातन्त्र पुनर्वहालीपछि २०४९ को स्थानीय निकायको चुनावमा पहिलो मेयर बनेका थिए ।
तत्कालीन एमाले निकट अखिलबाट पञ्चायतविरुद्ध राजनीतिमा होमिए उनी पछिल्लो समय समाजवादी पार्टीका केन्द्रीय सदस्य थिए ।