शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धरान उपमहानगरपालिकाका पूर्वमेयर राईको निधन

सोमबार, ०६ माघ २०७६, १६ : २०
सोमबार, ०६ माघ २०७६

काठमाडौं । धरान उपमहानगरपालिकाका पूर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ । 

६०  वर्षको उमेरमा राईको उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा सोमबार मध्यान्ह निधन भएको हो । पूर्वमेयर राई एक वर्षयता क्यान्सर रोगबाट पीडित थिए । 

राई २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट धरानको मेयरमा निवार्चित भएका थिए । 

उनकै पालामा धरानले विकासको आधार तयार गरेको थियो । उनी २०४६ सालको प्रजातन्त्र पुनर्वहालीपछि २०४९ को स्थानीय निकायको चुनावमा पहिलो मेयर बनेका थिए ।

तत्कालीन एमाले निकट अखिलबाट पञ्चायतविरुद्ध राजनीतिमा होमिए उनी पछिल्लो समय समाजवादी पार्टीका केन्द्रीय सदस्य थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप