महन्थ ठाकुरको अध्यक्षतामा ३ मिनेट बसेर संसद बैठक स्थगित
सोमबार, ०६ माघ २०७६, १६ : १६
काठमाडौँ । ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा प्रतिनिधिसभाको बैठक बसेको छ ।
सोमबार बसेको दोस्रो बैठकमा ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामा पढेर सुनाएसँगै बैठक माघ १२ गतेसम्मको लागि घोषणा गरे । उनको अध्यक्षतामा मात्र ३ मिनेट बैठक बसेको थियो ।
यसअघि आजै बसेको पहिलो बैठकमा उपसभामुख तुम्वाहाङफेले पदबाट राजीनामा दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा