नेप्सेमा साढे २६ अङ्कको गिरावट
![नेप्सेमा साढे २६ अङ्कको गिरावट](https://rpcdn.ratopati.com/media/albums/Share-Listed-ratoapti-nepse_wtZizF3udg.jpg)
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झण्डै साढे २६ अङ्कले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार थामिएर आज ओरालो लागेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज २६.५४ विन्दुले घटेर एक हजार ३१७.११ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ४.८६ ले घटेर २८३.५३ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम झण्डै रु दुई अर्ब बराबर छ । कूल १८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता शेयर रु एक अर्ब ९७ करोड तीन लाख ८७ हजार ९९३ मूल्यमा खरिद–बिक्री भए ।
नेप्सेका अनुसार कारोवार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १५.८८, व्यापार ५४.५९, होटल ६४.०९, विकास बैंक ५२.८७, जलविद्युत् ४२.२२, वित्त २२.३३, निर्जीवन बीमा ११६.३१, उत्पादन ७१.९१, अन्य १३.५३, लघुवित्त ५७.८८, जीवन बीमा १५४.६५ र सामूहिक लगानी कोष ०।१८ ले घटेको छ ।
नेप्सेका अनुसार कारोवारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ९२ लाख ९५ हजार ९३६ मूल्य बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो । एनसिसी बैंक रु १३ करोड ३२ लाख १६ हजार ८१७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु नौ करोड ३० लाख दुई हजार ११७, प्रभु बैंक रु ६ करोड ७१ लाख ३८ हजार ३५२, एनआइसी एशिया बैंक रु पाँच करोड ९८ लाख ४८ हजार ९०२, शिवम् सिमेन्ट रु पाँच करोड ८० लाख ३० हजार ९५५ र सूर्य लाइफ इन्सुरेन्स कम्पनी रु पाँच करोड ४४ लाख ९५ हजार बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।
मल्टीप्रपोज फाइनान्स कम्पनी ९.७७, ग्लाबेल आइएमई बैंक ९.७२, सूर्य लाइफ इन्सुरेन्स कम्पनी २.६१, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी २.५४, सिनर्जी पावर १.९२ र मञ्जुश्री फाइनान्स कम्पनीका शेयरधनीले १.८६ प्रतिशतले कमाए । पाँचथर पावर कम्पनी १०, पोखरा फाइनान्स ९।८२, हिमालयन पावर पार्टनर ९.४१, विशाल बजार कम्पनी ९.२२, पञ्चकन्या माई हाइड्रोपावर ८.६५ र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ८.३३ प्रतिशतले गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बागमती प्रदेश अधिवेशन काठमाडौँमा
-
शिक्षिकाले तातो पन्यु हान्दा तीन जना विद्यार्थी घाइते
-
दोलखामा शिक्षिकालाई आक्रमण गर्ने विरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दर्ता, आक्रमणकारी खोज्दै प्रहरी
-
सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि काम गर्नुपर्छ : अध्यक्ष लिङ्देन
-
निजी जग्गामा सरकारी पैसाले घाट निर्माण, ७२ लाख भुक्तानीपछि लालपुर्जा खोजी
-
उच्च अदालत वीरगञ्जका न्यायाधीश भरत लम्सालको ओखलढुंगा सरुवा गर्न सिफारिस