सभामुखको निर्वाचन माघ १२ गते

काठमाडौँ । रिक्त प्रतिनिधिसभाका सभामुखको निर्वाचन १२ माघमा हुने भएको छ ।
सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा दलहरुबीच सभामुखको निर्वाचन १२ माघमा गर्ने सहमति भएको हो । माघ ६ गतेपछि अर्को बैठक ६ दिनपछि अर्थात माघ १२ गते बोलाउने र त्यही दिन सभामुखको निर्वाचन गर्ने तयारी भएको छ ।
प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा प्रतिनिधि सभाका जेष्ठ सदस्यले आगामी बैठकमा सभामुखको निर्वाचन हुने सूचना पढेर सुनाउने तयारी भएको संसद सचिवालयले जनाएको छ ।
सोमबार दोस्रो बैठक अपरान्ह ४ बजे बोलाइएको छ । यसअघि संसदका जेष्ठ सदस्यका रूपमा प्रतिनिधि सभाको अध्यक्षता गर्न सांसद महन्थ ठाकुरले शपथ लिँदैछन् । राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर शपथ लिएपछि उनकै अध्यक्षतामा सभामुख चयन प्रक्रिया अघि बढाइनेछ ।
सोमबार पहिलो बैठक राखेर नेकपाका तर्फबाट उपसभामुख बनेकी डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिइसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन