५ नम्बर प्रदेशसभा विपक्षी दलका नेता बलदेव शर्माको निधन
बुटवल । ५ नम्बर प्रदेश सभाका ज्येष्ठ सदस्य एवं विपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । सोमबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खाँणले रातोपाटीलाई बताए ।
रुपन्देहीको तिलोत्तमा घर भएका ८२ वर्षीय पोखरेलको गत वर्ष माघमा छातीमा संक्रमण देखिएको थियो । काठमाडौँस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा उनको फोक्सोमा क्यान्सर देखिएको थियो ।
त्यसपछि विभिन्न अपतालमा उपचार गराए पनि शरीरका अन्य अङ्गमा संक्रमण फैलिएपछि चिकित्सकले निको हुने सम्भावना नरहेको बताएका थिए । एक सातादेखि उनलाई घरमै राखिएको थियो ।
रुपन्देहीको तिलोत्तमा–१४ खैरियाका ८२ वर्षीय पोखरेल प्रदेशसभामा काँग्रेसका समानुपातिक सांसद थिए ।
यस्तो छ पोखरेलको राजनीतिक इतिहास

१९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल २०२० सालमा बसाइसराईं गरी रुपन्देही झरेका थिए । उनले २०१३ सालदेखि नेपाल छात्र सङ्घबाट काँग्रेसको राजनीति शुरू गरेका हुन् । २०१८ सालमा उनी २ वर्ष नेपालगञ्जमा जेल परेका थिए ।
रूपन्देहीमा उनी २०२६ सालदेखि १० वर्ष (२०३६ सम्म) पार्टीको जिल्ला सचिव भए । पोखरेल जिल्ला सदस्य हुँदै आमन्त्रित केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हुँदै निरन्तर पार्टीमा सक्रिय रहँदै आएका थिए ।
रुपन्देहीमा काँग्रेसको जग बसाल्ने नेतामा बलदेव पोखरेल, डिल्लीरमण शर्मा, मोहनदत्त काफ्लेलगायत चिनिन्छन् । ज्येष्ठ सदस्यको हैसियतमा पोखरेलले ५ नम्बर प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ गते सञ्चालन गरेका थिए ।
विपक्षी दलको नेता चयन गर्न लामै रस्साकस्सी भएपनि उनलाई सहमतिमै काँग्रेसले दलको नेता चयन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण