उपसभामुख तुम्बाहाङ्फेद्वारा राजीनामा घोषणा, भनिन्, ‘बाजी मैले मारेँ, आजदेखि कामको ट्रयाक चेन्ज गर्दैछु’
काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छिन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिएको घोषणा गरेकी हुन् । तुम्बाहाङ्फेद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘नेपालको संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (ख) तथा प्रतिनिधिसभा नियमाली, २०७५ को नियम २११ को उपनियम (१) बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदबाट मैले आजैको मितिदेखि लागू हुने गरी राजीनामा दिएको व्यहोरा अनुरोध गर्दछु ।’
राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा उनले संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुंगो लगाएकाले आफूले सोमबार मात्रै राजीनामा दिएको स्पष्ट पारिन् । संस्थालाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफुले बाजी मारेको दाबी पनि उनले गरिन् । उनले भनिन्, ‘बाजी मैले मारेँ । आज देखि कामको ट्रयाक चेन्ज गर्दैछु ।’
राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफुलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको पनि उनले स्पष्ट पारिन् । उनले भनिन्, ‘मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था होइन । मेरो व्याकअपमा संविधान थियो ।’
आफुले कसैले भनेर राजीनामा नगरेको पनि उनले स्पष्ट पारिन । उनले भनिन्, ‘मैले जे बोले त्यो पुर्याएँ । नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेँ ।’ पत्रकारहरुले पटक–पटक आफुलाई राजीनामा कहिले दिने भनेर सोध्ने गरेको भन्दै उनले सकारात्मक भन्दा नकारात्मक कलम चलाउनेहरुका कारण आफुलाई उर्जा मिलेको पनि उल्लेख गरे ।
उनले आफुले सभामुख पदका लागि गरेको दाबी अस्वभाविक नभएको दोहोर्याइन् । उनले भनिन्, ‘सभामुखको उम्मेदवारको दाबी गरेँ । यो अस्वभाविक होइन । स्वभाविक हो ।’ उनले मुलुकमा पितृसंस्था सोच मात्रै नभई संस्थागत रुपमा जरा गाडेर बसेको टिप्पणी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई दिइएको ‘क्लिन चिट’ विवादमा, महान्यायाधिवक्तामाथि मुद्दा चल्ने खतरा !
-
कार्यकर्तालाई इमानदार बन्न एमाले अध्यक्ष ओलीको आग्रह
-
सरकारले सहकारी ठगीमा संलग्नलाई संरक्षण गर्न थाल्यो : नैनसिंह महर
-
कलंकीबाट हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा फेला
-
सरकार गठनको आह्वान कुन धाराअनुसार गर्ने भन्नेमै अलमल
-
‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’