ट्राफिक प्रहरीले लगाइदियो प्रहरीकै गाडीमा 'ह्विल लक'
सोमबार, ०६ माघ २०७६, १४ : ४२
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ । अनामनगरमा प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो ।
सडक ढाकेर रोकिएको प्रहरीको गाडीभित्र चालक मात्र रहेका छन् । तर, यो गाडी कसले चढ्दै आएको खुलेको छैन् ।
सडक ढाकेर पार्किङमा राखेको प्रहरीको गाडीमा लक लगाइएको महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको उनले बताए । ‘नियम मिच्ने जुनसुकै गाडीलाई कारबाहीको दायरा ल्याइन्छ,’ प्रवक्ता श्रेष्ठले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा