बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संकटा र ब्रिगेडको बराबरी

सोमबार, ०६ माघ २०७६, १४ : १८
सोमबार, ०६ माघ २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा सोमबार भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । 

मध्यभागमा बल नियन्त्रणमा प्रखर देखिएको संकटाको स्ट्राइकिङ लाइन कमजोर बनेको थियो । संकटाको प्रहारमा बाधक बनेका ब्रिगेडका गोलरक्षक विशाल सुनार म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । बराबरीसँगै सात खेलबाट नौ अंक बनाएको संकटा आठौं र आठ अंक बनाएको ब्रिगेड नवौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप