बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शिवमायाको १३ बुँदे सम्बोधन : आफ्ना जराहरु नबिर्सियोस्, धरातल नभुलियोस्

सोमबार, ०६ माघ २०७६, १४ : ०४
सोमबार, ०६ माघ २०७६

काठमाडौ । उपसभामुख शिवमाया तुम्वाहाङफेले दलहरुलाई आफ्ना जरा नबिर्सिन र धरातल नभुल्न चेतावनी दिएकी छन् । 

सोमबार प्रतिनिधि सभा बैठकमा राजीनामा घोषणा गर्दै तुम्बाहाङफेले यस्तो चेतावनी दिएकी हुन् । 

बैठकमा आफ्नो राजीनामा घोषणा गर्दै उपसभामुख  तुम्बाहाङफेले लोकतन्त्र र खुला समाजमा गरिने हरेक निर्णयहरु जनताको सुक्ष्म निगरानीमा रहने भन्दै तिनको औचित्यको परीक्षा पनि समयको कसीमा घोटिएर भइरहेको बताइन् । उनले निर्णय र सार्वजनिक जवाफदेहीताको बीचमा उचित सामञ्जस्यता हुनुपर्ने कुरामा सवै पक्षले ध्यान पुर्याउनुपर्ने बताइन् । 

१३ बुँदे सम्बोधनका क्रममा उनले आफूले आफ्नो कार्यकालमा इमान्दारितापूर्वक कर्तव्य पूरा गरेको भन्दै दलहरुलाई सांकेतिक रुपमा आफ्नो जरा र हैसियत नबिर्सन चेतावनी दिइन् । 

‘तर कसैले पनि आफ्ना जराहरु बिर्सनुहुदैन । धरातल भुल्नु हुँदैन र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा म पनि सचेत छु । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप