शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा विशेष समयः मेडिकल कलेजहरुलाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण

सोमबार, ०६ माघ २०७६, १३ : ५६
सोमबार, ०६ माघ २०७६

काठमाडौं । राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटीले मेडिकल कलेजहरुलाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा सदस्य हरिचरण सिवाकोटीले भौतिक पूर्वाधार निर्माणका सम्पूर्ण काम पुरा भएपनि सम्बन्ध नपाएको भन्दै गुनासो गरे । मनमोहन मेडिकल कलेजले लामो समयसम्म पनि सम्बन्ध नपाएको बताउँदै सिवाकोटीले ३६ सय जनताको सेयर रहेको उक्त कलेजलाई सम्बन्धन दिने कुरामा सरकार मौन रहेको उनले बताए ।

झापाको बि एण्ड सी अस्पतालमा सुविधा सम्पन्न भवनहरुको निर्माण सम्पन्न भइसक्दा पनि किन सम्बन्ध नपाएको भन्दै गुनासो समेत गरे । उनले भने, ‘कलेजहरु मेडिकल कलेजहरुलाई किन सम्बन्धन दिन सकेका छैनौं । सरकारले कलेज बना भन्छ । कलेज बनाउँछन् सबै पूर्वाधार तयार हुन्छन्, तर ५, ६ वर्षसम्म सम्बन्ध पाएका छैनन् । सम्बन्धन दिने कुरामा सरकार मौन बसेको छ । झापाको वि एण्डसी कलेज कहिले के विवाद भएको  । कहिले मन्त्रीको राजीनामा भएको छ । पूर्वाधार राम्रो छ तर सरकारले वर्षौसम्म पनि सम्बन्धन दिन सकेको छैन् । किन् ?’

हरेक वर्ष कलेजहरुले राजस्व बुझाउँदै आएको भएपनि सरकारले सम्बन्धन दिने कुरामा मौनता कायम गरेको उनको आरोप छ । हरेक वर्ष ठूलो नेपाली विद्यार्थीहरु बंगलादेश, पाकिस्तान चीन लगायतका मुलुकमा मेडिकल शिक्षा अध्ययनका लागि जाने गरेको उल्लेख गरे । शिवाकोटीले ठूलठूला भवन निर्माण भएपनि सम्बन्ध पाएर पढाई सञ्चालन नहुँदा मेडिकल कलेजहरु मसानघाट जस्ता भएको उनको भनाई छ ।

सांसद नन्दा चपाईंले देशको मेरुदण्डका रुपमा रहेका उद्योगहरुको सञ्चालन गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, ‘उद्योगहरुको सञ्चालन, मजदुरहरुको व्यवस्थान, ज्याला मजदुरीको भुक्तानीका लागि सरकारको ध्यान जान जरुरी छ । वीरगञ्ज चिनी कारखाना बन्द भएको अवस्थामा सरकारले चाँडै सञ्चालन गर्ने भनेको थियो । तर अहिलेसम्म सञ्चालन हुन सकेको छैन् । के प्रगति भइरहेको म बुझ्न चाहान्छु ।’

सांसद तारादेवी भट्टले सरकारले संघीयता कार्यान्वयनमा दतारुकता नदेखाएको आरोप लगाए । तीनवटा तहमा सुविधा जनक बहुमतका साथ सरकार सञ्चालन भएपनि तालमेल भने हुन नसकेको उनले बताए । उनले भने, ‘अख्तियारले स्थानीय तहहरुमा बढी भ्रष्टाचार हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । डोजर चलाएर प्राकृतिक स्रोतको दोहोन भएको देखिन्छ । क्रसर उद्योगहरु अनाधिकृत रुपमा सञ्चालनमा छन् ।  गुण्डा शैलीमा मान्छे मार्ने क्रम कहिले रोकिने हो ? सरकारलाई प्रश्न गर्न चाहान्छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप