उपसभामुख शिवमाया तुम्बाहाङ्फेद्वारा राजीनामाको घोषणा
सोमबार, ०६ माघ २०७६, १३ : ३९

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामाको घोषणा गरेकी छन् ।
उनले सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न लागेको घोषणा गरेकी हुन् ।
छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङफेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अस्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको भन्दै संसदको ठूलो दलले सभामुखमा दाबी गरेकाले आफुले सहजीकरण गर्न लागेको बताइन् ।