उपसभामुख संसद भवनमा, पहिलो चरणको बैठकको अध्यक्षता आफैले गर्ने

काठमाडौँ । उपसभामुख शिवमाया तुम्वाहाङ्फेले सोमबार तय भएको प्रतिनिधिसभाको पहिलो चरणको बैठकको अध्यक्षता गर्ने भएकी छिन् । त्यसपछि उनले राजीनामा दिएर सभामुखको निर्वाचन प्रक्रियाका लागि मार्गप्रशस्त गर्नेछिन् ।
सिंहदरबारमा सोमबार बिहान नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, काँग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालसँग छलफल गरेपछि उनले नै पहिलो चरणको बैठक सञ्चालन गर्ने र त्यसपछि राजीनामा दिनेबारे समझदारी भएको हो ।
उनको राजीनामापछि जेष्ठ सदस्यको हैसियतमा राजपा सांसद महन्थ ठाकुरले राजीनामा पत्र पढेर सुनाउनेछन् ।
सिंहदरबारमा भएको छलफलपछि शिवमाया पहिलो चरणको बैठक आफैले सञ्चालन गर्ने प्रतिक्रिया दिँदै संसद भवन नयाँ बानेश्वरतर्फ लागेकी छिन् ।
उनले पहिलो चरणको बैठकमा आफ्नो कुराहरु राख्ने पनि जानकारी दिए । केहीबेर बैठक सञ्चालन गरेर स्थगित गर्ने र त्यसपछिको बैठकमा जेष्ठ सदस्यले संसद चलाउनेछन् ।
नेकपाले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि शिवमाया उपसभामुखबाट राजीनामा दिनुपर्ने बाध्यतामा पुगेकी हुन् । एकै पार्टीबाट सभामुख र उपसभामुख हुन नपाइने संवैधानिक प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते