वर्षाले १७ करोडको इँटा नष्ट
सोमबार, ०६ माघ २०७६, १२ : ३२
![वर्षाले १७ करोडको इँटा नष्ट](https://rpcdn.ratopati.com/media/albums/ita_xSF9WUMA9n.jpg)
लगातार दुई दिन परेको वर्षले रौतहटका ६१ वटा इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् ।
गत बिहीबार र शुक्रबार परेको पानीले यहाँका इँटाभट्टामा पोल्न राखिएको ८० प्रतिशत इँटा नष्ट भएपछि रु १७ करोडभन्दा बढीको क्षति भएको इँटा उत्पादक सङ्घ रौतहटका अध्यक्ष रामविनोद साहले राससलाई बताए ।
अध्यक्ष साहले भने, “पोल्नलाई तयारीमा राखिएका ८० प्रतिशत इँटा नष्ट भए, एउटा भट्टामा कम्तीमा रु १० लाखभन्दा बढी काँचो इँटा पानीले गलेर नष्ट भयो ।” पोल्न तयारी राखिएको इँटा पानीले गलेर नष्ट भएको छ भने अर्कोतिर मजदूरको खर्च लागेकाले दोहोरो घाटा बेहोर्नु परेको इँटा व्यवसायीको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
-
इजरायलमा बिपिन जोशीको सुरक्षित मुक्तिका लागि अपिल
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
रूकुम पश्चिममा भव्यताका साथ मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)
-
१० बजे १० समाचार : धरापमा शरतसिंहको मन्त्री पददेखि नयाँ शक्तिमा पुरानै नेतृत्वसम्म