गायक–गायिकाबारे बोल्ने एउटा संस्था पनि रहेनछ : गायक खरेल
काठमाडौँ । गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो । जसअनुसार राउत काठमाडौँ आउनेबित्तिकै प्रहरीले पक्राउ गर्नेछ ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै राउतले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण भिडियो लाइभ गरेकी थिइन् ।
उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरेपछि उनलाई पक्राउ परेर अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको हो ।
आस्थालाई पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालबाट कलाकर्मीले आस्थाको पक्ष र विपक्षमा आफ्ना धारणाहरु सार्वजनिक गरिहेका छन् ।
नेपालमा गीत सङ्गीतसम्बन्धी दर्जनौँ सङ्घसंस्था पनि छन् । तर आस्थाको विषयमा कुनै पनि सङ्घसंस्था अहिलेसम्म बोलेको अवस्था छैन ।
यही विषयलाई लिएर चर्चित गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा गुनासो पोखेका छन् । उनले एक स्टाटस लेख्दै आस्थाको बारेमा बोल्ने कुनै सङ्घसंस्था नभएको गुनासो गरेका हुन् ।
प्रमोद आस्था कोच रहेको रियालटी सो दि भ्वाइसका कोच पनि हुन् । उनले आस्थालाई पक्राउ गर्ने अनुमति प्रहरीले पाइसकेको अवस्थामा गीतसङ्गीतको क्षेत्रमा धेरै सङ्घसंस्था हुँदा पनि कसैले एक शब्द आवाज उठाउन नसकेको देख्दा कुनै पनि सङ्घसंस्था नभएको महसुस भएको बताएका हुन् ।
यस्तो छ प्रमोदको स्टाटस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
५ प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
