कृषि विकासले दियो साढे ५ अर्ब सहुलियतपूर्ण कर्जा
काठमाडौँ । कृषि विकास बैङ्कले कृषि क्षेत्रमा साढे ५ अर्ब भन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यविधि अनुसार बैङ्कले २५०० भन्दा बढी कृषकलाई ५ अर्ब ५८ करोड रुपैंया ऋण प्रवाह गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बताए ।
५३ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै बैङ्कले प्रदेश कृषि मन्त्रालय, ग्रामीण पद्दति केन्द्र, हेफर इन्टरनेशनल, किसान महासंघ, युवा परिषद् लगायतसँग सहकार्यमा त्यस्तो कर्जा प्रवाह गरेको जनाएको हो । २०२४ सालमा कृषि विकास बैङ्कले यही माघ ७ गते वार्षिकोत्सव मनाउँदैछ ।
बैङ्कले कुल कर्जा प्रवाहमध्ये १ करोड भन्दा बढी रकमको कर्जाको हिस्सा १ प्रतिशत रहेको तर १० लाखभन्दा कम कर्जाको हिस्सा ८० प्रतिशत रहेको जनाउँदै बैङ्कले आफू ग्रामीण भेगका जनतामा समर्र्पित रहेको समेत बताएको छ । यो अवस्थासम्म आइपुग्दासम्म बैङ्कले आफूलाई सम्पूर्ण बैंकिङ सुविधासहितको तपाइँ हाम्रो घरआगनको बैङ्कको रुपमा स्थापित हुन सफल भएको समेत जनाएको छ ।
बैङ्कले १०.३५ प्रतिशत ब्याजदरमा साढे २ अर्बको ऋणपत्र जारी गरेको भन्दै यो उच्च दरले बैङ्कले लिनमात्रै होइन, दिन पनि जान्दछ भन्ने प्रमाणित हुने दाबी समेत बैङ्कले गरेको छ ।
कृषि विकास बैङ्कका १२ लाख निक्षेप ग्राहक, १ लाख ४५ हजार ऋणी रहेको जनाएको छ । त्यस्तै २ लाख ६२ हजार मोबाइल बैंकिङ र ८१ हजार भिजा डेबिट कार्ड जारी गरेको समेत जनाएको छ ।
बैङ्कको वित्तीय अवस्था
कृषि विकास बैङ्कको पुस मसान्तसम्म १२७ अर्ब १३ करोड रुपैंया निक्षेप सङ्कलन गरी ११७ अर्ब ७७ करोड कर्जा प्रवाह गर्दा १ अर्ब ७४ करोड खुद नाफा कमाएको जनाएको छ । बैङ्कको निष्क्रिय कर्जा ४ अर्ब २३ छ । यो कुल कर्जाको ३.५९ प्रतिशत हो । अघिल्लो वर्षको तुलनामा यो अनुपात ०.८२ प्रतिशत कम हो ।
कार्यक्रममा सीईओ उपाध्यायले कृषि विकास बैङ्कले कृषिलाई नछोड्ने, अरुलाई जोड्ने लक्ष्य लिएको बताउँदै यसले निक्षेपकर्ता, ऋणी र शेयरधनी र कर्मचारीलाई सन्तुलित प्रतिफल दिने बताए । ‘हामीले यो वर्ष ३० प्रतिशत लाभांश दियौँ, अर्को वर्ष अझै बढाउँछौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर