शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालीगण्डकीमा रोमाञ्चकारी जलयात्राको मज्जा लिने कि ?

सोमबार, ०६ माघ २०७६, ०८ : ४५
सोमबार, ०६ माघ २०७६

पाल्पामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पर्यटन महोत्सव हुने भएको छ । नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउनका अगामी फागुनको २४ गतेदेखि  महोत्सव आयोजना गरिने रामपुर नगरपालिकाका नगरप्रमुख अध्यक्ष रमणबहादुर थापाले जानकारी दिए । 

कालीगण्डकी नदीमा जलयात्रा, रामपुर बाहुनडाँडाबाट प्याराग्लाइडिङ, जातजाति तथा रहनसहनमा आधारित विभिन्न सांस्कृतिक झाँकी प्रर्र्दशन महोत्सवमा आकर्षक रहने छ ।  

विभिन्न गाउँपालिकासँग समन्वय गरेर प्रचारप्रसारको काम तीव्र पारिने प्रचारप्रसार समिति संयोजक बुद्धिप्रकाश रेग्मीले जानकारी दिए । 

पोखराका केही होटल व्यवसायीसँग समन्वय गरी पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई पाल्पाको रामपुरसम्म ल्याउने प्रबन्ध मिलाइने समितिले जानकारी दिएको छ । 

जिल्लाको १० वटै  स्थानीय तह र नेपाली सेना गोरखदल गणको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विजय दौड पाल्पा २०७६ हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप