शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शाही पद खारेज भएपछि ह्यारीको पहिलो सम्बोधनः पछि हट्नुबाहेक अन्य कुनै विकल्प थिएन

सोमबार, ०६ माघ २०७६, ०७ : ३४
सोमबार, ०६ माघ २०७६

ड्युक अफ ससेक्सले बेलायती राजपरिवारको सदस्यको रुपमा पछि हट्नुबाहेक अन्य कुनै विकल्प नभएको बताएका छन् ।

आइतबार बेलुका आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू र मेगन अन्त कतै जान नलागेको पनि स्पष्ट पारेका छन् ।

राजपरिवारको जिम्मेवारी छाड्ने घोषणा गरेपछि ह्यारीको यो पहिलो सम्बोधन हो ।


जनवरी महिनाको सुरुवातमा राजकुमार ह्यारी र मेगनले राजपरिवारको वरिष्ठ सदस्यको पद त्याग्ने र आर्थिक रुपमा स्वतन्त्र हुने घोषणा गरेका थिए ।

दक्षिणी अफ्रिकामा एचआइभी संक्रमित बालबालिकाका लागि काम गर्ने संस्था सेन्टेबेलको कोष संकलन कार्यक्रमको सुरुवात गर्दै उनले भने, ‘ विगत केही हप्तादेखि तपाईंहरुले जे जति सुन्नुभयो, पढ्नुभयो, त्यसबारे म अनुमान मात्र गर्नसक्छु ।’

‘त्यसकारण म तपाईंहरुलाई सत्यताबारे अवगत गराउन चाहन्छु, राजकुमारको रुपमा होइन, ड्युकको रुपमा पनि होइन तर ह्यारीको रुपमा ।’

सम्बोधनको क्रममा उनले आफ्नी हजुरआमा र आफ्ना कमान्डर इन चिफप्रति सधैंभरी अत्यधिक कृतज्ञ रहिरहने पनि बताएका छन् ।


‘हामीले महारानी, कमनवेल्थ र आफ्ना सैन्य संगठनलाई सामाजिक कोष बिना सहयोग गर्ने आशा राखेका थियौं तर दुर्भाग्यवश, त्यो सफल हुन सकेन,’ उनले भने ।

‘मैले यसलाई स्विकार गरेको छु, यसले मेरो पहिचान र मेरो प्रतिबद्धतालाई परिवर्तन गर्दैन भन्ने कुरामा विश्वस्त छु ।’


ह्यारी र मेगनको इन्स्टाग्राम अकाउन्टमा पोष्ट गरिएको ह्यारीको भाषणमा भनिएको छ, ‘जब मेरो र मेगनको विवाह भयो, हामी निकै उत्साहित थियौं, हामी आशावादी थियौं र हामी यहाँको सेवाका लागि तत्पर थियौं ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

at tonight’s dinner for supporters of Sentebale in London Video © SussexRoyal

A post shared by The Duke and Duchess of Sussex (@sussexroyal) on

‘ती कारणका लागि पनि आज जे देख्नुपरेको छ, भोग्नुपरेको छ, मलाई अत्यधिक पीडा महसुस हुन्छ ।’

‘मेरी श्रीमती र मैले राजदरबारबाट पछि हट्ने जुन निर्णय लियौं त्यो सहज थिएनँ,’ उनले भने ।


‘यसका लागि हामीले महिनौं दिनसम्म छलफल गर्‍यौं र थुप्रै वर्षको चुनौतीपछि मात्र यस्तो निर्णय लिएका हौं । मलाई थाहा छ, मैले सधैं सही मात्रै गरिनँ । अहिले जुन स्थिती सृजना भएको छ, त्यसको अन्य कुनै विकल्प थिएनँ ।’

यो जोडीले अब आफ्नो समय बेलायत र क्यानडामा व्यतित गर्ने बताएका छन् ।


डचेज मेगन अहिले आफ्नो छोरासँगै क्यानडामा बसिरहेकी छिन् । जनवरीको सुरुवातमा उनी छोटो समयका लागि बेलायतमा बसेकी थिइन् ।  


आउँदो वसन्तदेखि लागू हुने नयाँ व्यवस्थापछि राजकुमार ह्यारीले औपचारिक रुपमा महारानीको प्रतिनिधित्व गर्ने छैनन् । उनीहरुले हिज हर हाइनेसको सम्बोधन पनि प्रयोग गर्ने छैनन् । यद्यपि, ह्यारी र मेगनलाई राजपरिवारको सदस्यका रुपमा गरिँदै आएको ‘ड्युक र डचेज अफ ससेक्स’ को सम्बोधन भने कायम नै हुनेछ ।


 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप