शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मागपत्र अनलाइन प्रणालीकरण प्रणाली लागू गर्न कतार दूतावासको आनाकानी

सोमबार, ०६ माघ २०७६, ०७ : २२
सोमबार, ०६ माघ २०७६

वैदेशिक रोजगारलाई व्यवस्थित गराउन सरकारले लागू गरेको मागपत्र अनलाइन प्रमाणीकरण प्रणाली लागू गर्न कतारस्थित नेपाली दूतावासले आनाकानी गरेको पाइएको छ ।

सरकारले लागू गरेको नेपाली श्रमिकको प्रमाणित मागपत्रलाई अनलाइन प्रणालीमा अप ग्रेड गर्ने योजनालाई विभिन्न बाहाना देखाएर नेपाली नियोगले आनाकानी गरेका हुन् । 

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गराउन नियोगमा प्रमाणित मागपत्र अनलाइन गर्न सबै नियोगलाई पत्राचार गरे पनि दोहास्थित नेपाली दूतावासले भने विभिन्न बाहानामा प्रमाणित मागपत्रलाई अनलाइन गर्न नसकिने जनाउँदै आएको छ ।

विभागले विभिन्न चरणमा पत्र पठाएर अनलाइनमा जान सूचना जारी गरेपनि दूतावासले हाल आएर प्रणालीको संचालनका विषयमा जानकारी नआएकोले तत्काल लागू गर्न नसकिने जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप