बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कुकुरले मान्छे टोके समाचार बन्दैन... तर गुप्ताङ्गमै टोके नि !

सोमबार, ०६ माघ २०७६, ०६ : ५०
सोमबार, ०६ माघ २०७६

चाल्स एन्डरसन डानाले २ सय वर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए– ‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ ।’ तर, उनले कहाँ टोक्यो भनेचाहिँ कुकुरले टोकेपनि समाचार बन्छ भनेर चाहिँ लेखेनन् । 

प्युठान जिल्लाको झिमरुक गाउँपालिका–२ बाँदिकोटका एक बालकको लिङ्ग कुकुरले खाइदिएका कारण यो समाचारको विषय मात्र बनेन, उनी र उनका बाबुआमाका लागि गम्भीर पीडाको विषय बनेको छ ।

सन्तोष केसी अहिले १५ वर्षका भए । कुकुरले उनको लिङ्ग सात महिनाको बालकै हुँदा फेदैदेखि खाइदियो । 

केसी अब बालिग हुन थाले उनका परिवारमा चिन्ता थपिन थाल्यो । गरिब केसी परिवार यतिबेला सहयोगको याचना गर्दै चारैतिर हात फिँजाइरहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सलिम अन्सारीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप