केन्द्रीय संस्करण

लिवियाबारे बर्लिन सम्मेलन सुरू

personaccess_timeJan 19, 2020 chat_bubble_outline0

एजेन्सी । लिबियामा जारी द्वन्द्वको अन्त्यका लागि जर्मनीको बर्लिनमा आइतबार सम्मेलन सुरू भएको छ । टर्की, रसिया र फ्रान्सका राष्ट्रपतिहरू लगायत विश्व नेताहरूले आइतबार लिबियामा युद्ध अन्त्य गर्ने उद्देश्यले जर्मन चान्सलर एन्जेला मार्केलको संयोजकत्वमा आयोजित सम्मेलनमा छलफलमा सहभागिता जनाएका छन् । 

वक्तव्यका अनुसार जर्मन चान्सलर एन्जेला मर्केलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेससँग परामर्श गरेर सम्मेलनको आयोजना गर्नुभएको हो भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सम्मेलनमा मध्यस्थताका लागि पुगेका छन् ।

सम्मेलनमा प्रमुख उद्देश्य लिवियामा जारी द्वन्द्व अन्त्यका लागि हतियार, सेना र आर्थिक सहयोगमार्फत भएको हस्तक्षेप रोक्ने हुनेछ । राष्ट्रसंघद्वारा मान्यताप्राप्त लिवियाली प्रधानमन्त्री फायज अल–साराज र लिवियाली सैनिक नेता खालिफा हफ्तरबीच शान्तिका लागि वातावरण निर्माण गर्न विश्वका विभिन्न मुलुकहरू तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरू त्यहाँ पुगेका छन् । 

सम्मेलनमा सहभागिता जनाउन प्रधानमन्त्री साराजले र विद्रोही नेता हफ्तर पनि बर्लिन पुग्नुभएको बताइएको छ । Photo:AFP
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...