शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चेकोस्लोभाकियामा अपाङ्ग हेरविचार केन्द्रमा आगलागी, कम्तीमा ८ जनाको मृत्यु

आइतबार, ०५ माघ २०७६, २२ : ५०
आइतबार, ०५ माघ २०७६

एजेन्सी । चेकोस्लोभाकियाको पश्चिमी सहर वेपटीको एक अपाङ्ग हेरचाह केन्द्रमा आइतबार आगलागी हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको उद्धारका लागि त्यहाँ पुगेका सरकारी अधिकारीले बताएका छन् ।
‘अपाङ्ग हेरविचार केन्द्रमा आगलागी हुँदा कम्तीमा आठको मृत्यु भएको छ भने ३८ व्यक्ति जलेर घाइते भएका छन्,’ आकस्मिक सेवा कार्यालयका प्रवक्ता प्रोकोप भोलेनिकले एएफ्पीलाई बताए ।

घटनामा सख्त घाइते भएका कम्तीमा ३० व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइएको छ भने एक व्यक्तिको अवस्था निकै चिन्ताजनक रहेको छ, तीन गम्भीररूपमा घाइते छन् भने २६ जना सामान्यरूपमा घाइते रहेका छन् ।

भवनमा लागेको आगो नियन्त्रणमा आइसकेको छ । ‘आगलागी सुस्त मनस्थिति भएका व्यक्तिहरूलाई राखिएको एक घरमा भएको थियो,’ वेपटीका नगरप्रमुख जित्का गाभ्दुनोभाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप