लेबनानमा भएको आन्दोलनमा चार सय घाइते
एजेन्सी । लेबनानको राजधानी बेरुतमा भएको आन्दोलनका क्रममा शनिबार करिब ४ सय जना घाइते भएका छन् । सरकार विरोधी आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भएको झडपमा परी उनीहरु घाइते भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।
आन्दोलन सुरु भएदेखि अहिलेसम्ममा यो नै एकैचोटी सवैभन्दा धेरै घाइते भएका घटना भएको उनीहरुले बताएका छन् । रेडक्रस र नागरिक रक्षाका अधिकारीहरुले आन्दोलनका क्रममा ३ सय ७७ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार गरिएको जनाएका छन् ।
आन्दोलन दबाउनका लागि प्रहरीले अन्दोलनकारीलाई लक्षित गरेर पानीको फोहोरा र अश्रुग्याँस प्रहार गर्नुका साथै लाठिचार्ज समेत गरेको थियो । सुरक्षाकर्मीहरुले हस्तक्षेप गरेपछि आन्दोलनकारीले पनि सुरक्षाकर्मीविरुद्ध प्रहार गरेका थिए । दुवै पक्षका बीचमा झडप हुदाँ उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेमा अधिकांश आन्दोलनकारी रहेका छन् भने केही सुरक्षाकर्मी पनि रहेका छन् । वर्तमान सरकार हटाउन, भ्रष्टाचार नियन्त्रण गर्न, सार्वजनिक सेवा प्रभावकारी गराउनलगायतका माग गर्दै लेबनानमा केही समयदेखि आन्दोलन हुदै आएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा रविविरुद्ध मुद्दा दर्ता गर्न किन भयो ढिलाइ ?
-
गुणराजले अस्ट्रेलियाको लिजेन्ड्स एकेडेमीमा प्रशिक्षण दिने
-
‘पुष्पा २’को सफलतापछि नाम फेर्दै अल्लु अर्जुन?
-
हिउँदे अधिवेशन नियन्त्रणमुखी भयो : गौतम
-
गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन सक्नुभएन, राजीनामा गर्नुपर्छः सांसद गौतम
-
नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक छ : कांग्रेस सांसद गिरी