बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लेस्टरलाई बर्नलीको धक्का

आइतबार, ०५ माघ २०७६, २२ : २०
आइतबार, ०५ माघ २०७६

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा रहेको लेस्टर सिटीलाई बर्नलीको नमिठो धक्का लागेको छ । आइतबार साँझ घरेलु मैदानमा भएको खेलमा बर्नलीले लेस्टर सिटीलाई २–१ गोलले हरायो । 
खेलमा सुरुवाती अग्रता लिएपनि लेस्टरले नराम्रो हार खेप्यो ।

लेस्टरका लागि हार्वे बर्नेसले ३३औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा अग्रता लिएको लेस्टरले दोस्रो हाफमा जोगाउन सकेन । ५६औं मिनेटमा बर्नलीका चरिस उडले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७९ औं मिनेटमा आस्ले वेस्टउडले गोल गर्दै बर्नलीको जित पक्का बनाए । 

पछिल्ला खेलको लगातार हारले लेस्टर सिटीको अघिल्लो यात्रा थप कठिन बन्दै गएको छ । अघिल्लो खेलमा पनि लेस्टर साउथह्याम्पटनसँग २–१ गोलले नै पराजित भएको थियो । जितसँगै २३ खेलबाट २७ अंक बनाएको बर्नली १४औं स्थानमा छ । समान खेलबाट ४५ अंक बनाएको लेस्टर तेस्रो स्थानमा यथावत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप