बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवाको प्रदेश ५ मा एकैसाथ २ वटा शाखा सञ्चालन

आइतबार, ०५ माघ २०७६, २० : २७
आइतबार, ०५ माघ २०७६

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश ५ मा एकैसाथ २ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका– ४, बर्दघाट र रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा आजबाट एकैसाथ २ वटा  शाखा कार्यालय सञ्चालन आएका हुन ।

योसँगै अब बैंकको शाखा संख्या ११६ पुगेको छ ।  बर्दघाट शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले संयुक्त रुपमा गरेका थिए ।

यसैगरी मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिका बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका थिए ।
 
काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा यी शाखा सहित ११६ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप