शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुम्बईमा जारी कराँते खेलमा नेपाली खेलाडीलाई ४ पदक

आइतबार, ०५ माघ २०७६, १९ : १४
आइतबार, ०५ माघ २०७६

रौतहट । मुम्बईमा जारी एसिया कप कराँते च्याम्पियनसिपमा रौतहटका खेलाडीले ४ पदक हात पारेका छन् । महिला ४५ किलो तौल समूहमा रौतहटकी बिबिका श्रेष्ठले संवरण पदक हात पारेकी छिन । उनले कातामा श्रीलंकाका खेलाडीसँग पराजित हुँदै रजत पदक हात पारेकी हुन् । 

यस्तै पुरुष ५० किलो तौल समूहमा रौतहटका कुसल बस्नेत श्रीलंकाका खेलाडी संग पराजित हुँदै रजत पदक हात पारेका छन् ।  कातामा समेत भाग लिएका बस्नेतले कास्य पदक प्राप्त गरेको नेपालबाट सो प्रतियोगितामा सहभागी निर्णायक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप