गायिका ज्ञानु राणा ‘लाइफ टाइम एचिमेन्ट अवार्ड–२०७६’ बाट सम्मानित
काठमाडौं । २३ औं ‘हिट्स म्युजिक अवार्ड–२०७६’ शनिबार बाँडिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित अवार्ड समारोह वरिष्ठ गायिका ज्ञानु राणालाई ‘लाइफ टाइम एचिमेन्ट अवार्ड–२०७६’ बाट सम्मानित गरियो । नेपाली संगीतको क्षेत्रमा ५ दशक लामो योगदान पु¥याएको भन्दै उनलाई सो सम्मान प्रदान गरिएको हो ।
विभिन्न १६ विधामा कलाकार तथा उनका श्रृजना अवार्ड पाएको समारोहमा गायक सविन राईको धन्यवाद र दुर्गा परियारको बनफुल गीतले तीन–तीनओटा अवार्ड हात पर्यो । राईले धन्यवाद गीतबाट उत्कृष्ट समूह गाउन, उत्कृष्ट रक गायन र उत्कृष्ट पप एवं रक संगीत सिर्जनाको अवार्ड हात परे । यस्तै बनफुलबाट गायिका दुर्गा परियारले आधुनिक गायिका, सुरेश अधिकारीले आधुनिक संगीत र फणिन्द्र राइले उत्कृष्ट संगीत संयोजन अवार्ड हात परे ।
कार्यक्रममा गायक दीपक श्रेष्ठ, वर्तिका एम राई, दीपक बज्राचार्य, सुनिता कार्की, बिक्रम बराल, महेश काफ्ले, मेलिना राई, शिव परियार, राजनराज शिवाकोटी, आस्था तामाङ मास्के, कुलेन्द्र विक, विष्णु माझी लगायतले अवार्ड पाएका थिए ।
सांगीतिक माहोलमा सम्पन्न अवार्ड समाहरोज २०७५ साल भरीमा सो एफएममा दर्ता भएका गीत बीच अवार्ड गरिएको कार्यक्रममा आयोजकले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी