शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेल्जियमकी राजकुमारी र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

आइतबार, ०५ माघ २०७६, १८ : ४९
आइतबार, ०५ माघ २०७६

काठमाडौं । बेल्जियमकी राजकुमारी अस्त्रिद र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भएको छ ।  एकहप्ते नेपाल भ्रमणका लागि नेपाली आएका अस्त्रिद र ज्ञवालीबीच आइतबार साँझ भेटवार्ता भएको हो । उनले नेपाल बसाईको क्रममा कैलालीमा नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गरी कुष्टरोग तथा क्षयरोगका विरामीलाई भेट्नेछिन् । 

त्यसैगरी नवलपरासीको मध्यविन्दु असप्तालमा रहेको क्षयरोगका विरामीलाई भेट्ने कार्यक्रम पनि रहेको बताइएको छ । यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम समेत रहेको छ ।  राजकुमारी अस्त्रिदलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा स्वागत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप