शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरस्वतीमाथि फ्रेन्ड्सको सहज जित

आइतबार, ०५ माघ २०७६, १८ : ३९
आइतबार, ०५ माघ २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेसनको दबाबमा रहेको सरस्वती युथ क्लबविरुद्ध फ्रेन्ड्स क्लबले सहज जित निकालेको छ । सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा फ्रेन्ड्सले सरस्वतीलाई ४–१ गोलले हरायो । फ्रेन्ड्सको जितमा उत्तम राईले दुई गोल गरे । सउलो डे अक्विनो र वाग्नर डे कार्मोले एक एक गोल गरेका थिए । 

सरस्वतीका लागि काजिम एडेगोके बुसारीले सान्त्वना गोल फर्काएका थिए । फ्रेन्ड्सले पाँचौं मिनेटमा पहिलो गोल गरेको थियो । फ्रेन्ड्सका उत्तम राईले वान टच गोल गरेका थिए । २४औं मिनेटमा सउलोले फिलिप डी सउजाको पासमा गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए । फ्रेन्ड्सका लागि तेस्रो गोल वाग्नर डेले ७०औं मिनेटमा गरेका थिए । 

८६औं मिनेटमा उत्तम राईले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई सजिलै जिताए । सरस्वतीका लागि ८०औं मिनेटमा काजिम एडेगोके सान्त्वना गोल गरेका थिए । फ्रेन्ड्सका उत्तम राई म्यान अफ दी म्याच घोषित भए ।

उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस जितसँगै सात खेलबाट आठ अंक बनाएको फ्रेन्ड्स नवौं स्थानमा उक्लिएको छ । एक अंकमा सिमित सरस्वती तालिकाको अन्तिममा छ । ६ खेलमा हार खेपेको सरस्वतीले एक खेल बराबरी खेलेको थियो । लगातार हारले सरस्वतीमाथि रेलिगेसनको दबाब बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप