उपत्यकाका ३ वटा सुर्तिजन्य पदार्थको गोदाममा छापा
आइतबार, ०५ माघ २०७६, १८ : १४

काठमाडौं । महानगरीय अपराध महाशाखाले उपत्यकाका ३ वटा सुर्तिजन्य पदार्थको गोदाममा छापा मारेको छ। आइतबार महाशाखाको टोलीले काठमाडौँको सुन्धारा र गौशाला तथा ललितपुरको धापाखेलमा रहेको सुर्जिजन्य पदार्थको गोदाममा छापा मारेको हो ।
राजस्व छली गरी भारतबाट सुर्तिजन्य पदार्थ ल्याइएको सूचनाको आधारमा महाशाखाको टोली अनुगमनमा निस्किएको थियो। सोही क्रममा करिब ५० लाख बराबरको सुर्तिजन्य पदार्थ बरामद गरेको छ ।
साथै केही मानिस पनि पक्राउ परेका छन् । यस विषयमा सोमबार विहान ११ बजे पत्रकार सम्मेलन गरिनेछ ।