शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सनफ्लो हिराको हार उपहार योजनामा खिम बहादुरले जिते हिराको हार

आइतबार, ०५ माघ २०७६, १८ : ०४
आइतबार, ०५ माघ २०७६

काठमाडौं– सनफ्लो सनफ्लावर तेल “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजनाअन्तर्गत चौथो लक्की ड्र कार्यक्रमअन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुको नाम घोषणा गरिएको छ । 

चौथो लक्की ड्र अन्तर्गत पाल्पा निवासी खिम बहादुर बिकले हिराको नेकलेस जितेका छन् । त्यसैगरी पेप्सीकोला निवासी सौरभ श्रेष्ठ र विराटनगर निवासी न्रमता राईले हिराको लकेट जितेका छन् । बसुन्धारा निवासी जुनु श्रेष्ठ र पाल्पा निवासी केश माया पुनले हिराको टप जितेका छन् । विजेताहरुको नाम इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी घोषणा गरिएको थियो ।

के.एल. दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ । लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् ।

एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप