नेप्सेमा ३३ अङ्कको वृद्धि
![नेप्सेमा ३३ अङ्कको वृद्धि](https://rpcdn.ratopati.com/media/albums/Share-Listed-ratoapti-nepse_wtZizF3udg.jpg)
काठमाडौं । बीमा क्षेत्र र जलविद्युत् र म्युचुअल फण्ड उपसूचकको उच्च वृद्धिले नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से आइतबार पनि उच्च गतिमा बढेको छ । यो दिन नेप्से परिसूचक ३३.४३ अंकले बढ्दा परिसूचक २० महिना अघिकै विन्दुमा पुगेको छ ।
१८ सय ८१ विन्दु छोएर तल झरेको नेप्से २०७५ साल बैशाख २८ गते ११ सय ४८ को विन्दुबाट तल झेरपछि अहिलेसम्म नप्सेले यो विन्दु छुन सकेको थिएन । आइतबार नेप्से ११ सय ४३.६५ विन्दुमा पुग्यो ।
आइतबारको परिसूचकमा अघिल्ला दिनहरुमा उच्च गतिमा बढेका बैंकिङ र माइक्रोफाइनान्स समूहको वृद्धि केही कम थामिए पनि विकास बैंक, वित्त कम्पनीको वृद्धि भने रोकिएन । हाइड्रो क्षेत्र र जीबन र निर्जीवन बीमा र म्युचुअल फण्डको वृद्धि उच्च रह्यो । यी सूचकहरु ४ प्रतिशत भन्दा माथिको वृद्धि देखियो । उपसमूहमा सर्किट ब्रेकरको सिस्टम भएका कारण फाइनान्स समूह, जीवनबीमा र निर्जीवन बीमा समूहको वृद्धि ५ प्रतिशत भन्दा बढी देखियो । नेप्से परिसूचक भने एकैदिन ५ प्रतिशत भन्दा बढ्न सक्दैन ।
अधिकांश बैंकिङ समूहका कम्पनी रहेका कारण आज सेन्सेटिभ इन्डेक्स नेप्सेभन्दा कम अंकले बढ्यो । फ्लट इन्डेक्स भने नेप्सेकै हाराहारीमा वृद्धि देखियो । यो दिन नेप्से इन्डेक्स २.५५ प्रतिशत र फ्लट इन्डेक्स २.५४ प्रतिशतले बढ्यो । सेन्सेटिभ इन्डेक्स १.९५ प्रतिशत तथा सेन्सेटिभ फ्लट १.९८ प्रतिशतले बढ्यो ।
आइतबार कारोबारका आधारमा पनि नेप्से उत्साहजनक नै रह्यो । आइतबार एकैदिन २ अर्ब ९ करोडका शेयर किनबेच भए । यो दिन १४ ओटा कम्पनीका शेयरहरु १० प्रतिशतले बढेर सर्किट ब्रेकर लाग्यो भने ४४ ओटा कम्पनीका शेयर स्क्रिपहरुको मूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भयो । यो दिन पनि २५ ओटा शेयर स्क्रिपहरुको मूल्य भने घटेको छ ।
यो दिनमा २१ हजार ४२३ पटक शेयर कारोबार हुँदा १७८ कम्पनीको ६१ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बागमती प्रदेश अधिवेशन काठमाडौँमा
-
शिक्षिकाले तातो पन्यु हान्दा तीन जना विद्यार्थी घाइते
-
दोलखामा शिक्षिकालाई आक्रमण गर्ने विरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दर्ता, आक्रमणकारी खोज्दै प्रहरी
-
सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका लागि काम गर्नुपर्छ : अध्यक्ष लिङ्देन
-
निजी जग्गामा सरकारी पैसाले घाट निर्माण, ७२ लाख भुक्तानीपछि लालपुर्जा खोजी
-
उच्च अदालत वीरगञ्जका न्यायाधीश भरत लम्सालको ओखलढुंगा सरुवा गर्न सिफारिस