‘निर्मल लामा जनताको जीवनसँग अन्तरघुलित गर्ने व्यक्ति’

काठमाडौं । गण्डकी प्रदेशका प्रदेशप्रमुख अमिक शेरचनले निर्मल लामा माक्र्सवादलाई जनताको जीवनसँग अन्तरघुलित गर्ने व्यक्ति भएको बताएका छन् । निर्मल लामा स्मृति प्रतिष्ठानको छैंटौँ साधारणसभामा उनले लामा माक्र्सवाद प्रयोग र लागू गर्ने नेता भएको बताए ।
‘किताब पढेर माक्र्सवादको व्याख्या गर्ने धेरै नेता छन्’, उनले भने, ‘लामा सधैँ गरिब, सुकुम्वासी, निमुखा जनतासँग बस्ने, खाने उनीहरुको दुःखमा साथ दिने गर्नुहुन्थ्यो ।’ शेरचनले लामा पदको लागि कहिल्यै हानथाप नगर्ने आदर्श नेता भएको स्मरण गर्दै उनले पदमा आफू नबसेर सधैँ अरूलाई प्रस्ताव गर्ने गरेको उल्लेख गरे ।
उनले राष्ट्रियता मजबुत बनाउन जनताको जीवनस्तरसँग जोडिएका विभिन्न नीतिनियम संलग्न हुने उल्लेख गर्दै आम जनताले स्वीकार गर्ने नीतिनियम बनेमा मात्र राष्ट्रिता कमजोर नहुने टिप्पणी गरे । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष लिलामणि पोखरेलले वार्षिक प्रतिवेदन तथा भावी कार्ययोजनासम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष दिलसुन्दर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि असल अभ्याससँगै सुशासनमा ध्यान दिनुपर्नेमा जोड
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा : अर्थ मन्त्रालय र कर्मचारीबाट सहयोग भएन
-
माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा पक्राउ
-
सरकार - शिक्षक वार्ता : सहमति भए १२ को परीक्षा गर्न दिने तर आन्दोलन नरोक्ने
-
दिगो लगानीको लागि एनएमबि बैंकको पहल : तीन निकायबिच साझेदारी पत्रमा हस्ताक्षर
-
तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भयो, स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौँ : स्वास्थ्य मन्त्री