बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मापसेको मातः कौशलटार चोकमा मध्यरातमा गयो ज्यान

आइतबार, ०५ माघ २०७६, १५ : ३७
आइतबार, ०५ माघ २०७६

भक्तपुर । मादक पर्दाथ सेवन गरेर मोटरसाइकल चलाउँदा भक्तपुरमा एकको मृत्यु भएको छ भने एक सख्त घाइते भएका छन् । मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोकमा आइतबार मध्यरातमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको हो ।

गएराती करिब १२ बजे काठमाडौंबाट भक्तपुरतर्फ आइरहेको प्रदेश नम्बर ३–०२–००२ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख डीएसपी शान्तिराज कोइरालाले जानकारी दिए । 

उक्त दुर्घटना संखुवासभा जिल्ला चैनपुर गाउँपालिका घर हाल मध्यपुरथिमि बस्दै आएका ३५ वर्षका सतेन्द्र लिम्बुको नागरिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।  झापा घर भई हाल थिमि बस्दै आएका मोटरसाइलमा सवार गम्भीर घाइते ५३ वर्षीय वासुदेव खरेलको नागरिक अस्पतालमा उपचार भइरहेको छ । खरेलको दाहिने खुट्टा भाँचिएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार अत्याधिक मादक पर्दाथ सेवन गरेका लिम्बुले चलाएको मोटरसाइकलले कौशलटार चोकमा रहेको प्रहरीको आइल्याण्डलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप