शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपसभामुख शिवमाया बालुवाटारमा

आइतबार, ०५ माघ २०७६, १५ : २१
आइतबार, ०५ माघ २०७६

काठमाडौँ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान सभामुखमा सहमति भएपछि उपसभामुख शिवामाय तुम्वाहाङ्फेलाई ओलीले बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्रीले बालुवाटार बोलाएपछि तुम्बाहाङ्फे केहीबेर अघि सिंहदरवारबाट बालुवाटारतर्फ प्रस्थान गरेकी छन् । 

बालुवाटारमा तुम्बहाङ्फेले आफ्नो राजीनामाबारे प्रधानमन्त्रीसँग छलफल र आफूले राजीनामा दिएपछि संसद सञ्चालनबारे कुराकानी गर्ने बुझिएको छ।  

यसअघि नेकपाले सभामुखमा उम्मेदवारी दिने घोषणा गरेपनि उम्मेदवारबारे टुङ्गो लाग्न ढिलाइ हुँदा र उपसभामुख शिवमाया तुम्वाहाङफेले राजीनामा दिन ढिलाइ गर्दै आएकी थिइन् ।  

तर, आइतबार नेकपाका दुई अध्यक्षबीच सभामुखमा नेकपाका अग्नि सापकोटाले उम्मेदवारी दिनेमा सहमति भएको छ । योसँगै उनले सोमबार बस्ने प्रतिनिधि सभाको बैठकअघि संसदको जेष्ठ सदस्यलाई राजीनामा बुझाउने तयारी गरेकी छन्। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप