केन्द्रीय संस्करण

मधेस आन्दोलनले नेताको वर्ग मात्र फेरियो

person explore access_timeमाघ ५, २०७६ chat_bubble_outline0

आज माघ पाँच अर्थात बलिदानी दिवस । आजकै दिन लहानमा रमेश महतोको सहादत भएको थियो । त्यसपछि सयौँ मधेसी सपुतहरुले आफ्नो प्राण आहुती दिएका थिए । आजको दिनलाई मधेस केन्द्रित दलले बलिदानी दिवसका रूपमा मनाउँदै आएको छ ।

मधेस आन्दोलनको १३ वर्ष पूरा भएको छ । तर मधेसी जनताको सपना अझै पनि पूरा भएका छैनन् न त सहिदको सपना नै पूरा भएको छ ।

यो वर्ष उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र राजपाले संयुक्त रूपमा बलिदान दिवस वीरगञ्जमा मनाउने निर्णय गरेको छ । सुरुमा जसरी तामझामका साथ बलिदानी दिवस मनाइन्थ्यो आजको अवस्था त्यस्तो छैन । बलिदान दिवस जति पश्चिमतिर पुग्यो उति नै सुक्दै गएको स्थिति छ । मधेस आन्दोलनको केन्द्रविन्दु लहानको अवस्था झनै कमजोर हुन पुगेको छ ।

बलिदान दिवस पनि आवश्यकताको आधारमा मनाउने अवस्थामा पुगेको छ । जसको बलमा मधेस केन्द्रित दल सता र सरकारको दैलोसम्म पुगे आज उनै सहिदको अवस्था कमजोर छ । सम्मानमा कमी छ । सहिदको गरिमा घटेर गएको छ । अपमानको महसुस हुन थालेको छ ।

आन्दोलनका क्रममा मुनाफाको जीवन बाँचेका जिउँदा सहिद र घाइते अपाङ्गको अवस्था हेर्दा झनै कहाली लाग्दो छ । थुप्रै सहिद परिवारले रोजगार त पाए तर सम्मान पाउन सकेका छैनन् । कतिपय सहिद परिवार र घाइते अपाङ्गले कुनै सुविधा पाउन सकेको छैनन् । दलीय र गुटबन्दीको विभेदमा परेका छन् ।  उनीहरुको जीवन अझै रोडमै छ । यस्तो अवस्थामा पुगेको छ मधेस आन्दोलनको जीवन ।

सत्ता र सरकारको चास्नीमा डुबेदेखि मधेसी दलमा जुन विभाजन आयो त्यो नै मधेस केन्द्रित दलका लागि ठूलो अभिशाप बन्यो । जसले अहिलेसम्म मधेसी दलमाथि उठ्न सकिरहेका छैनन् ।

मधेसी केन्द्रित दल सुरुदेखि नै टुटफुट र विभाजनको राजनीतिमा फस्यो । उनीहरुले खोजेको मधेस पाउन सकेनन् । प्रदेश २ मा अहिले पनि उनीहरुकै सरकार छ । तर पनि उनीहरुको अवस्थामा कुनै सुधार देखिएको छैन ।


अहिले मधेसमा राउतको राजनीतिक भविष्यमाथि नै प्रश्न खडा भइसकेको छ । यतिबेला मधेस आन्दोलनको रोड खाली छ । त्यो खाली ठाउँ कसले लिने हो र कसको पोल्टामा पर्ने हो त्यो हेर्न बाँकी नै छ । तर मधेस र मधेसी जनताले आफ्नो विगत सम्झिरहेका छन् ।


समानुपातिक र समावेशीको कुरा पनि हातमा लड्डु बाँडेसरी भएको छ । अफ्ना आसेपासे र वरिपरिकालाई बाँड्ने बानी परिसकेका छन् । अर्थात् उनीहरुका लागि मधेस उपलब्धि मनपर्दी भएको छ । जतिबेला जे मन लाग्यो गर्ने तर वास्तविकता नस्वीकार्ने बानी परेको छ । अर्थात् पहाडी राज्य सत्ताले हिजोका दिनमा जसरी सत्ता र सरकारलाई खेलायो त्यसरी नै खेलाउन उनीहरु पनि माहिर भएका छन् । केन्द्रीय सरकारकै चरित्र बोकेर हिँडिरहेका छन् । मधेस केन्द्रित दलले अहिलेसम्म सामान्य नागरिकका लागि केके गरे ? त्यो हिसाब किताबको काम पूरा भएको छैन । मधेसी जनताले त्यसको गहन खोजी गर्न जरुरी छ ।

यही मौकामा चौका हान्न मधेसको राजनीति गर्न सीके राउत पनि आए । केही वर्ष उनी पनि चर्चाकै शिखरमा रहे । तर यतिबेला उनी पनि आफ्नो राजनीतिक बाटो फरक दिशामा खोजिरहेका छन् । मधेस आन्दोलनको ओज र गरिमा खस्किँदै गएपछि त्यसको फाइदा राउतले लिइरहेका छन् । तर जब उनी पनि अरू राजनीतिक दलकै बाटोको शरणमा पुगे त्यसपछि उनको लोकप्रियता पनि हराउँदै गएको छ  ।

अहिले मधेसमा राउतको राजनीतिक भविष्यमाथि नै प्रश्न खडा भइसकेको छ । यतिबेला मधेस आन्दोलनको रोड खाली छ । त्यो खाली ठाउँ कसले लिने हो र कसको पोल्टामा पर्ने हो त्यो हेर्न बाँकी नै छ । तर मधेस र मधेसी जनताले आफ्नो विगत सम्झिरहेका छन् ।


यतिबेला सबैलाई लागेको हुनसक्छ पहाडी राज्यसत्ताले हामीलाई काले, धोती र मर्छिया भनेर हेप्यो । तर आफ्नै भूमिकामा आफ्नो सत्ता र सरकार बन्दा त्योभन्दा दोब्बर बढी अधिकारको खडेरी आइपर्यो ?


जुन उद्देश्यका साथ मधेस आन्दोलन भयो त्यसले सयौँ मधेसी सपुतहरुलाई स्वस्फूर्त रूपमा बलिदानका लागि अघिसरे । तर त्यो बलिदान सबै बालुवामा पानी खन्याएजस्तै भयो । मधेसमा बलिदान गर्नेहरु खोज्दै जाने हो भने कोही सडक पेटिमा भेटिन्छन् भने कोही खाडी मुलुकतिर भेटिन्छन् । वास्तविक बलिदानका कारिन्दाहरुको मूल्य कौडी बराबर भएको छ । तर जसको योगदान आन्दोलनमा रत्तिभर थिएन उनीहरुले नै आज असली मधेसवादी र आन्दोलकारी बनेर राजनीतिक अवसरहरु लुटिरहेका छन् । नेतृत्व गर्नेहरु पनि उनीहरुकै वरिपरि घुमिरहेका छन् । यस्तोबेला मधेसले सही न्याय कसरी पाउन सक्छ

यतिबेला सबैलाई लागेको हुनसक्छ पहाडी राज्यसत्ताले हामीलाई काले, धोती र मर्छिया भनेर हेप्यो । तर आफ्नै भूमिकामा आफ्नो सत्ता र सरकार बन्दा त्योभन्दा दोब्बर बढी अधिकारको खडेरी आइपर्यो ? यस विषयमा सम्पूर्ण मधेसी जनता पश्चातापमा छन् । मधेस आन्दोलनले नेता त जन्मायो तर तिनीहरुको वर्ग अहिले आएर फेरिएको छ । उनीहरुभित्र लोकतन्त्रको अभ्यास पनि छैन । राजनीतिक प्रशिक्षणमा त कमी छँदैछ । आलोचना र प्रतिआलोचननका नाममा पनि अराजकता छ । व्यक्तिपिच्छे गुट छ । राज्यको अवसर हातमा पार्न प्रत्येक व्यक्तिले गुटको निर्माण गरेको छ ।   गुटबिना बाँच्नै नसक्ने भएको छ । पार्टी र सङ्गठन खोज्नुभन्दा पैसा खोज्नेतिर लाग्छन् । तर जब अवसरबाट बाहिरिन्छ अनि पार्टी, सङ्गठन, कार्यकर्ता र जनता नजरियामा आउँछन् ।

यतिबेला मधेसी राजनीतिभित्र छिर्ने हो भने नेता मालिक र कार्यकर्ता नोकर जस्ता देखिन्छन् । नेताका अगाडि कार्यकर्ता चुँसम्म बोल्न सक्दैनन् । नेताले जे बोछन् त्यसैमा रमाउनुपर्ने बाध्यता छ । विद्रोह गर्ने हैसियत नै छैन । विचार छ तर विचार चलाउने पैसा छैन । राजनीति पनि व्यापारीकरण भएको छ । यो समस्या मधेसको मात्र नभई सिङ्गो राज्यको समस्याका रूपमा छ । तसर्थ मधेस आन्दोलनले मागेको सपना पूरा भएको छैन । माओवादी आन्दोलनजस्तै मधेस आन्दोलन पनि कमजोर बन्दै गएको छ । यसलाई मजबुत गर्न फेरि टुटफुट र विभाजनमा रहेका मधेस केन्द्रित दल एकजुट हुनैपर्छ । विकल्प छैन् । मधेसको बाँकी सपना पूरा गर्ने बाटोमा अघि बढ्नै पर्छ । यसका लगि सबैले आफ्नो अहम र हठ त्याग गर्न जरुरी छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.