शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकै स्टेजमा तीन विजेता घोषित

आइतबार, ०५ माघ २०७६, १४ : २८
आइतबार, ०५ माघ २०७६

काठमाडौं । ‘किड्डी फेस अफ दि इयर २०२०’को उपाधि आगमन थापा, पेमा डोमा लामा र तहिस्मा चौहानले चुमेका छन् । आगमन बालक सिनियर तर्फ शीर्ष विजेता चुनिँदा बालिका तर्फ पेमा डोमा लामा सिनियर र तहिस्मा चौहान जुनियर तर्फको शीर्ष विजेता घोषित भए ।

तीनै जना विजेताले उपाधिका साथै विभिन्न गिफ्ट तथा अवसर पुरस्कार प्राप्त गरे । कार्यक्रममा तीनै विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने समेत आयोजकले जनाकारी दियो ।
शनिबार अबेरसाँझ राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगितामा बालक सिनियरबाट निकित पौडेल फष्टरनर अप, केन्द्रीत पौडेल सेकेन्ड रनरअप चुनिँदा बालक जुनियरतर्फ प्रतिक भट्ट फष्ट रनरअप र जयस अग्रवाल सेकेन्ड रनरअफ भए ।

त्यस्तै बालिका सिनियर तर्फ ग्रेसी शाक्य फष्ट रनरअप र रिजा सिंह सेकेन्ड रनरअप हुँदा जुनियर तर्फ फष्ट रनरअप ओजस्वी शाक्य र सेकेन्ड रनरअप समिरा मकाला चुनिए ।

९ देखि १४ बर्षसम्मका ७ बालक र २५ बालिका गरेर ३२ सहभागी रहेको प्रतियोगितामा बालबालिकालाई जुनियर र सिनियर गरेर छुट्याइएको थियो ।

बालबाललिकाको ब्यक्तित्व बिकाश, क्षेमता अभिबृद्धी गर्दै उज्वल भविष्य निर्माणका लागि उनीहरुलाई सक्षम बनाउने उद्देश्यले आयोजित प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो ।
प्रतियोगिताको कोरियोग्राफी आयोजक रेडियन्टका प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजुले गरेका थिए ।

निलिमा मास्के श्रेष्ठ (गीतकार तथा समाजसेवी), रोजिका पोखरेल (बिजेता मिस टिन कन्टेष्ट), आस्मा गिरी (चलचित्र अभिनेत्री) मधुसुदन भट्टराई (चलचित्र निर्देशक), आशिष थापा लगायत प्रतियोगिताको निर्णायक रहेका थिए ।

कार्यक्रममा बालबालिकालाई बिभिन्न आकर्षक पहिरनमा र्याम्पवाक समेत गराइएको थियो । प्रतियोगिले लगाएको आकर्षक पहिरनको डिजाइन श्रीषा बैदार फैजुले तयार पारेकी हुन् ।

ब्यक्तित्व विकास, डान्स, सञ्चारकला, बिभिन्न टपिसमा गू्रमिङ क्लास, क्याटवाक, सेल्फ डिभाइन लगायत दर्जन बढि बिषयमा अनुभवी प्रशिक्षकको प्रशिक्षण सहित बालबालिकालाई आयोजकले प्रतियोगीको अन्तिम स्पर्धामा उतारेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप