शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म निर्देशन सजिलो रहेनछः पौडेल

आइतबार, ०५ माघ २०७६, १२ : १३
आइतबार, ०५ माघ २०७६

काठमाडौं । हास्य कलाकार शिवहरी पौडेलले फिल्म निर्देशन निकै गाह्रो विषय रहेको बताएका छन् । ‘फिल्म निर्देशन गाह्रो विषय रहछे’ शिवहरीले भने ‘कलाकार हुँदा आफ्नो सिन सकेपछि पुग्थ्योे । तर निर्देशकले सबैतिर ध्यान दिनपर्दाे रहेछ ।’

केही दिन अगाडि फिल्म ‘लक्का जवान’को शीर्ष गीत सार्वजनिक कार्यक्रममा शिवहरीले निर्देशक बन्दाको अनुभव समेत सबैमाझ सुनाएका थिए ।

‘लक्का जवान’ चैत्र २१ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । यसै फिल्म मार्फत शिवहरीले निर्देशन डेब्यु गरेका हुन् । सानोपर्दाको टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’, विज्ञापन चलचित्र तथा छोटा चलचित्र निर्देशन गरिसकेका पौडेललको ठूलो पर्दाका चलचित्र निर्देशन पहिलो हो । सानोपर्दाको निर्देशन अनुभव ठूलो पर्दामा पनि काम लागेको पौडेलले कार्यक्रममा सुनाए । ‘मलाई सबैले कलाकारले राम्रो सहयोग गर्नुभयो,’ पौडेलले थपे ‘सबैलाई धन्यवाद ।’

निर्माता समेत रहेका पौडेलललाई फिल्म निर्माणमा कलाकार किरण केसी र दीलिप रायमाझीले सहकार्य गरेका छन् । 

कमेडी विषयमा निर्माण भएको फिल्ममा किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, दिलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जनलगायतको अभिनय रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप