राजश्व छलीमा संलग्न २३१ जनामाथि १७ अर्बको मुद्दा

काठमाडौं । राजश्व अनुसन्धान विभागले २३१ जनामाथि १७ अर्बको मागदाबी सहित मुद्दा चलाएको छ । राजश्व चुहावट र विदेशी विनिमय अपचलनविरुद्ध अनुसन्धान र कारबाही गर्ने जिम्मेवारी पाएको विभागले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यी दुई कसुरमा संलग्न ११४ वटा मुद्दा दायर गरी सो ती व्यक्तिहरुमाथि मुद्दा दायर गरेको विभागले जनाएको हो ।
विभागले दायर गरेको मुद्दामध्ये राजश्व चुहावटमा ६२ मुद्दामा १९८ जना १६ अर्ब ५७ करोड ५० लाख र विदेशी विनिमय अपचलनका ५२ मुद्दामा ५५ जनामाथि १ अर्ब ४ करोड ७२ लाख मागदाबी गरिएको छ । राजश्व अपचलनमा बिगोको दोब्बरसम्म र विदेशी विनिमय अपचलनमा बिगोको तेब्बरसम्म जरिवाना हुनसक्ने प्रावधानअनुसार विगो र जरिवाना समेत गरी उक्त परिमाणको दाबी गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।
राजश्व अपचलन अन्तर्गत झुटा नक्कली बिलबिजक जारी गर्ने १३० फर्मविरुद्ध अनुसन्धान गरी मंसिर मसान्तसम्म ५२ फर्म फर्मविरुद्ध ६ अर्बको मागदाबीसहित गरिएको समेत महानिर्देशक मैनालीले बताए । उनले नक्कली बिल जारी गर्नेमात्रै नभइ त्यस्तो बिलबिजक खरिद गर्नेविद्ध समेत मुद्दा चलाइने गरिएको भन्दै त्यस्ता ७५ फर्महरुमा अनुसन्धान गरिएकोमा १८ फर्मविरुद्ध मुद्दा दायर गरी ७२ करोडको मागदाबी गरिएको उनको भनाई थियो ।
गृह मन्त्रालय अन्तर्गत रहेको राजश्व अनुसन्धान विभागलाई नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो । सो समयदेखि अहिलेसम्म विभागले ११ राष्ट्रसेवक सहित ५०६ जनाविरुद्ध १५ अर्ब ३६ करोडको बिगो र त्यसको दोब्बर जरिवानासहित करिब ४६ अर्बको मुद्दा चलाइसकेको छ । त्यस्तै, अहिलेसम्म विदेशी विनिमय अपचलनमा ३१५ जनाविरुद्ध ४ अर्ब ७८ करोड १८ लाख रुपैंया विगो र त्यसको तेब्बर मागदाबी सहित १९ अर्ब भन्दा बढीको मागदाबी गरिएको महानिर्देशक मैनालीले बताए ।
बढी चुहावट हुने क्षेत्र प्राथमिकतामा
विभागले ठूला कारोबार र बढी राजश्व चुहावट हुने सम्भावित क्षेत्रहलाई पहिचान गरेर राजश्व अनुसन्धानको काम अघि बढाएको छ । सबै कारोबारहरुको अनुसन्धान गर्न नसकिए पनि सबैलार्ई अनुभुति हुनेगरी अनुसन्धान गरिरहेको महानिर्देशक मैनालीले बताए । ‘हामीले सबै क्षेत्रमा एकैपटक अनुसन्धान गर्न सक्दैनौं । नाङ्लो पसलेले राजश्व छल्यो भनेर अनुसन्धान गर्दा त्यसको प्रभावकारिता नहोला, त्यसैले हाम्रो फोकस भन्सार, अन्तशुल्क, ठूला कारोबारहरुमा हुने भ्याट छली जस्ता क्षेत्रमै बढी केन्द्रित हुने हो । तर विभागले निगरानी गरिरहेको छ र गलत गरे विभागको अनुसन्धानको दायरामा पर्नसक्छौं भन्ने सबैलाई अनुभूति गर्ने वातावरण बनाउनु चाहिँ पर्छ, त्यसैअनुसार हामी अघि बढेका छौं’ मैनालीले भने ।
ठूला मुद्दामा सफलता पाउँदा नयाँ उत्साह
पछिल्लो समय कर छली प्रकरणमा ठूला फर्महरुविरुद्धका मुद्दामा सफलता पाएपछि विभाग थप उत्साहित देखिएको छ । राजश्व न्यायाधीकरणले गरेको फैसलाविरुद्ध सर्वोच्च गएका भाटभटेनी सुपरमार्केट र अरुण इन्टरकन्टिनेन्टलको मुद्दामा सर्वोच्चले न्यायाधीकरणको सो फैसलालाई सदर गरिदिएपछि विभाग उत्साहित भएको हो । महानिर्देशक मैनालीले भने आफूहरुले राजश्व चुहावट र विनिमय अपचलनका बारेमा अनुसन्धान गर्ने र मुद्दा दायर गर्ने मात्रै भएकोले साना वा ठूला सबै अभियुक्तहरु बराबर हुने बताए । उनले अनुसन्धानमा दोषी देखिएका कसैलाई पनि विभागले नछाड्ने समेत बताए ।
भीसीटीएसमा दैनिक १६ हजार कन्साइनमेन्ट
विभाग चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) मा दैनिक १६ हजार कन्साइनमेन्ट प्रविष्ट (इन्ट्री) हुने गरेको छ । अहिले यो प्रणालीमा ७० हजार भन्दा बढी मालवस्तु ढुवानीका साधनहरु दर्ता भइसकेको समेत जनाइएको छ । यो यस्तो प्रणाली हो जसले व्यवसायिक प्रयोजनमा मालवस्तुहरुको ढुवानीमा ‘रियल टाइम ट्रयाकिङ’ गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’
-
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो, प्रहरीद्वारा उद्धार