जिल्ला जिल्ला घुम्ने पुस्तकालय (भिडियो)

बस तथा गाडीहरू प्रायः एक ठाउँदेखि अर्को ठाउँसम्म मान्छे तथा समानहरू पु-याउनका लागि प्रयोग हुन्छ । तर ७ वर्ष अगाडीदेखि पुस्तकहरूले भरिएका २ वटा गाडी विभिन्न जिल्लाका विद्यालयमा पुस्तक लिएर पुग्छन् ।
गाडीलाई नै पुस्तकालयका रूपमा विकास गरिएको यो गाडी हालसम्म विभिन्न जिल्लाका ४ सय विद्यालयहरूमा पुगेको ‘बुक बस’का संयोजक आकृत श्रेष्ठले जानकारी दिए । बुक बस नाम दिइएको गाडी पुस्तकालयले देशका विभिन्न स्कुल तथा समुदायमा गएर पठन पाठनको काममा सहयोग गर्ने श्रेष्ठले बताए । उनले भने– ‘हाम्रो मुख्य उद्देश्य भनेको अध्ययन संस्कृतिको विकास गर्नु हो । शिक्षा पद्धतिलाई कसरी सुधार गर्न सकिन्छ भनेर कार्यशालाहरू पनि गर्छौैं ।’
‘बुक बस’ले विज्ञान, साहित्यसम्बन्धी पुस्तकहरू अध्ययनका लागि उपलब्ध गराउनुका साथै अन्तक्र्रियात्मक कार्यक्रम पनि गर्ने गरेको छ ।
बुक बसमा २ हजार जति पुस्तक रहेका छन् । अधिकांश पुस्तक विद्यालयमा अध्ययन गर्ने बालबालिका केन्द्रित छन् । कतिपय दस जोड दुई कक्षासम्मलाई उपयोगी हुने पुस्तक पनि राखिएको छ ।
धेरैजसो अङ्ग्रेजी पुस्तकहरू छन् । यसका साथै कथा, कविता तथा उपन्यासका नेपाली पुस्तक पनि राखिएका छन् ।
बुक बस दुईवटा छन् । एउटा ठूलो र अर्को सानो ।
ठूलो बस काठमाडौँ बाहिरका विभिन्न जिल्लामा जाने गरेको छ भने सानो बस काठमाडौँ उपत्यकाका स्कुलहरूमा जाने गरेको छ ।
बुक बस एक ठाउँमा पुगेपछि ३ दिनदेखि १ हप्तासम्म बस्ने गरेको छ । अध्ययन गर्न चाहनेले यसको सदस्य पनि बन्नुपर्दैन र कुनै शुल्क पनि लाग्दैन ।
विगत ७ वर्षखि नेपालस्थित अमेरिकी राजदूतावासको सहयोगमा सञ्चालनमा रहेको बुक बसले विद्यालय तहका बिद्यार्थीलाई पुस्तक अध्ययनको सुविधा दिनुका साथै शिक्षकहरूलाई तालिका कार्यक्रम पनि गर्ने श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले भने– ‘हामी स्कुलहरूमा जान्छौँ, विद्यार्थीहरूलाई पालैपालो बोलाएर अध्ययन गर्न पुस्तकहरू दिन्छौँ । स्कुलमै कार्यशालाहरू पनि गर्छौं ।’
बुक बसमा किताब मात्रै छैन । बसको भित्र ठूलो एलसीडी मोनिटर राखिएको छ । विद्यार्थीहरूलाई अडियो, भिडियो सामग्रीहरू, डकुमेन्ट्रीहरू पनि देखाउने गरिएको छ । विज्ञान तथा साहित्यका बारेमा अन्तक्र्रिया कार्यक्रमहरू पनि गर्ने गरिएको छ ।
हेर्नुहोस भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
भारत भ्रमणको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, सर्वदलीय बैठक माओवादीको बहिष्कार
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट
भन्सार छलीको सामानसहित ३ मोटरसाइकल बरामद
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार