जिल्ला जिल्ला घुम्ने पुस्तकालय (भिडियो)
बस तथा गाडीहरू प्रायः एक ठाउँदेखि अर्को ठाउँसम्म मान्छे तथा समानहरू पु-याउनका लागि प्रयोग हुन्छ । तर ७ वर्ष अगाडीदेखि पुस्तकहरूले भरिएका २ वटा गाडी विभिन्न जिल्लाका विद्यालयमा पुस्तक लिएर पुग्छन् ।
गाडीलाई नै पुस्तकालयका रूपमा विकास गरिएको यो गाडी हालसम्म विभिन्न जिल्लाका ४ सय विद्यालयहरूमा पुगेको ‘बुक बस’का संयोजक आकृत श्रेष्ठले जानकारी दिए । बुक बस नाम दिइएको गाडी पुस्तकालयले देशका विभिन्न स्कुल तथा समुदायमा गएर पठन पाठनको काममा सहयोग गर्ने श्रेष्ठले बताए । उनले भने– ‘हाम्रो मुख्य उद्देश्य भनेको अध्ययन संस्कृतिको विकास गर्नु हो । शिक्षा पद्धतिलाई कसरी सुधार गर्न सकिन्छ भनेर कार्यशालाहरू पनि गर्छौैं ।’
‘बुक बस’ले विज्ञान, साहित्यसम्बन्धी पुस्तकहरू अध्ययनका लागि उपलब्ध गराउनुका साथै अन्तक्र्रियात्मक कार्यक्रम पनि गर्ने गरेको छ ।

बुक बसमा २ हजार जति पुस्तक रहेका छन् । अधिकांश पुस्तक विद्यालयमा अध्ययन गर्ने बालबालिका केन्द्रित छन् । कतिपय दस जोड दुई कक्षासम्मलाई उपयोगी हुने पुस्तक पनि राखिएको छ ।
धेरैजसो अङ्ग्रेजी पुस्तकहरू छन् । यसका साथै कथा, कविता तथा उपन्यासका नेपाली पुस्तक पनि राखिएका छन् ।
बुक बस दुईवटा छन् । एउटा ठूलो र अर्को सानो ।
ठूलो बस काठमाडौँ बाहिरका विभिन्न जिल्लामा जाने गरेको छ भने सानो बस काठमाडौँ उपत्यकाका स्कुलहरूमा जाने गरेको छ ।
बुक बस एक ठाउँमा पुगेपछि ३ दिनदेखि १ हप्तासम्म बस्ने गरेको छ । अध्ययन गर्न चाहनेले यसको सदस्य पनि बन्नुपर्दैन र कुनै शुल्क पनि लाग्दैन ।

विगत ७ वर्षखि नेपालस्थित अमेरिकी राजदूतावासको सहयोगमा सञ्चालनमा रहेको बुक बसले विद्यालय तहका बिद्यार्थीलाई पुस्तक अध्ययनको सुविधा दिनुका साथै शिक्षकहरूलाई तालिका कार्यक्रम पनि गर्ने श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले भने– ‘हामी स्कुलहरूमा जान्छौँ, विद्यार्थीहरूलाई पालैपालो बोलाएर अध्ययन गर्न पुस्तकहरू दिन्छौँ । स्कुलमै कार्यशालाहरू पनि गर्छौं ।’
बुक बसमा किताब मात्रै छैन । बसको भित्र ठूलो एलसीडी मोनिटर राखिएको छ । विद्यार्थीहरूलाई अडियो, भिडियो सामग्रीहरू, डकुमेन्ट्रीहरू पनि देखाउने गरिएको छ । विज्ञान तथा साहित्यका बारेमा अन्तक्र्रिया कार्यक्रमहरू पनि गर्ने गरिएको छ ।
हेर्नुहोस भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण