पुलिस थानामा श्रीमानको बाँडफाँटः श्रीमती–प्रेमिकासँग ३–३ दिन बस्ने, एक दिन छुट्टी पनि

भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस थानामा शनिबार एउटा निकै अचम्मको घटना घटित भयो । श्रीमती र प्रेमिकाले एक व्यक्तिलाई आफूसँग बस्नका लागि आपसमा बाँडफाँट गरेका छन् । यी दुईबीच भएको सहमती अनुसार श्रीमान् हप्तामा तीनदिन श्रीमतीसँग बस्नेछन् भने अर्को तीन दिन प्रेमिकासँग बस्नेछन् । श्रीमती र प्रेमिकाले श्रीमानलाई एक दिनको छुट्टी पनि दिएका छन् ।
शनिबार ती व्यक्तिकी प्रेमिकाले प्रेमीले आफूसँग गरेको सम्झौता तोड्दै पाँच दिनदेखि घर नआएको भन्दै पुलिसथानामा उजुरी दिइन् । श्रीमान्, श्रीमती र तेस्रो व्यक्तिबीचको चक्करमा पुलिस पनि तनावमा परेको भारतीय संचार माध्यमले बताएको छ ।
पुलिसले श्रीमान राजेश कुमारलाई थानामा बोलाएर सम्झाएको र राजेशकी श्रीमती र प्रेमिकाबीच सहमती भएको भारती संचार माध्यम दैनिक भास्करले जानकारी दिएको छ ।
पुलिसको उपस्थितीमा सम्झौता भयोः
पुलिसको उपस्थितीमा प्रेमिका र श्रीमतीले सम्झौता गरेको बताइन्छ । राजेशले पछि प्रेमिकालाई पनि विवाह गरेको बताइएको छ त्यसकारण हप्तामा तीन दिन जेठी श्रीमती र अर्को तीन दिन कान्छी श्रीमतीसँग उनी बस्नेछन् । एक दिन उनलाई छुट्टी दिइएको छ, त्यतिबेला उनी आफ्नो इच्छा अनुरुप जुन श्रीमतीसँग पनि बस्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने