शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छाउपडी प्रथा हटाउनेबारे संघ र प्रदेशका मन्त्रीबीच छलफल

शनिबार, ०४ माघ २०७६, २१ : ४८
शनिबार, ०४ माघ २०७६

 सङ्घीय सरकारका मन्त्री र सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीबीच आज यहाँ सामाजिक कुप्रथाका रुपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्ने विषयमा छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको छलफलमा छाउपडी प्रथा हटाउन तीनवटै तहका सरकारले संयुक्त रुपमा पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक कलङ्कको रुपमा रहेको छाउपडी प्रथा हटाउने प्रदेश सरकारको नीति रहेको उल्लेख गर्दै छाउगोठ भत्काउने कार्य सँगसँगै जनचेतना जगाउने अभियान पनि सञ्चालन गर्न लागिएको बताए ।

छलफलमा सङ्घीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, प्रतिनिधिसभा सामाजिक विकास समितिका सभापति निरुदेवी पाल, प्रदेश सरकारका अन्य मन्त्रीलगायत व्यक्ति सहभागी थिए । महिनावारी भएकी महिलाले घरदेखि टाढाको अलग्गै छाउगोठमा सुत्नुपर्ने यो प्रथा सुदूरपश्चिमका कतिपय पहाडी जिल्लामा अहिले पनि ब्याप्त रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप