बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वाटफोर्ड र टोट्टनहामले बाँडे अंक

शनिबार, ०४ माघ २०७६, २१ : १३
शनिबार, ०४ माघ २०७६

इङ्लिस प्रिमियर लिग फुटबलमा तुलनात्मक रुपमा कमजोर टोली वाटफोर्डसँग टोट्टनहामले अंक बाँडेको छ । वाटफोर्डको घरेलु मैदानमा शनिबार साँझ भएको खेलमा टोट्टनहाम गोलरहित बराबरीमा रोकिएको हो । 

वाटफोर्डका ट्रोय डेनीले ७०औं मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि टोट्टनहाम हारबाट जोगिएको थियो । बल पोसेसन बलियो बनाएको टोट्टनहामले खेलमा गोल गर्न भने सकेन ।

 बराबरीसँगै २३ खेलबाट ३१ अंक बनाएको टोट्टनहाम तालिकाको सातौं स्थानमा छ । समान खेलबाट २३ अंक बनाएको वाटफोर्ड १६औं स्थानमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप