दीपकराज गिरीको आस्था राउतलाई पत्रः प्रहरी जवान बहिनीसँग माफी माग

काठमाडौँ। गायिका आस्था राउत र त्रिभुवन विमानस्थलको सुरक्षा जाँचमा खटिएकी महिला प्रहरी जवानबीच भएको विवाद तथा त्यसपछि उत्पन्न परिस्थितिबारे चर्चा परिचर्चा भइरहेको छ ।
यसैक्रममा कलाकार दीपकराज गिरीले गायिका आस्था राउतलाई फेसबुकमार्फत सुझावसहितको एक लामो ‘पत्र’ लेखेका छन् ।
उनले विगतमा आफूपनि यस्तै घटनाबाट विवादमा परेको स्मरण गर्दै कलाकार वा सेलेब्रेटीको गल्ती नै नभए पनि समाचार बाहिर आएपछि गल्ती कलाकारकै देखिने गरेको भन्दै चित्त दुखाएका छन् ।
सेलिब्रेटीलाई सेतो कपडासँग तुलना गर्दै गिरीले अरू रंगमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहालिने उल्लेख गर्दै भनेका छन्, ‘अतः सहनुपर्ने हामीले नै रहेछ । विदेशमा प्रायः यस्तो घटना हुँदैन, किनकि त्यहाँ नेता मात्रै भीआईपी हुँदैनन्, धेरै कर तिर्ने व्यापारीहरु , नाम चलेका खेलाड़ी, कलाकारहरूलाइ पनि भीआईपी मानिन्छ र सुविधाजनक ढंगले चेकजॉच हुन्छ र भीडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ । तर यो देशमा नेता मात्रै भीआईपी हो । यो संवेदनशीलतालार्इ हामीले बुझ्नु पर्छ । किनकि हामी भीडबाट नै गुज्रिनु पर्छ ।त्यस्तो अवस्थामा हामी सतर्क हुनैपर्छ ।’
यस्तै भीडमा प्रहरीलाई स्वाभाविकरुपमा प्रेसर हुने उल्लेख गर्दै सो क्रममा आस्थालाई दुर्व्यवहार गरेको भनिएकी महिला प्रहरी जवानबाट पनि त्यस्तै व्यवहार भएको उनसक्ने उनको भनाइ छ ।
उनले ‘कलाकार यस्तै घमण्डी हुन्छन्’ भनेजसरी टिकाटिप्पणी समेत भएको भन्दै त्यसरी टिप्पणी गरिँदा दुःख लागेको बताएका छन् । गिरीले भनेका छन्, ‘त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफ़ी माग्छु । तिमी पनि माग । सेलिब्रेटी कल्चर हाम्रो देशमा छैन , हामी सामान्य नागरिक नै हौँ यो वास्तविकतालाई बुझौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
खोटाङको हलेसीमा रामनवमी मेला
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने